Ads

मनाङ एयरको अप्डेट : पाइलटसहित ६ जना सवार, लम्जुरामा दुर्घटना


काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकप्टर जिल्लाकै लम्जुरा क्षेत्रमा दुर्घटना भएको बताइएको छ । सो विमानमा पाइलटसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ । मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए ।

यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् । उनीहरू सोमबार लुक्ला पुगेका थिए । एक रात त्यहाँ बसेर आज काठमाडौँ फर्किँदै थिए ।

Ads

सम्बन्धित पोष्टहरू