Ads

ललिता निवास प्रकरणमा थप २ पूर्वकर्मचारी पक्राउ


काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप २ जनालाई सिआइबीले पक्राउ गरेको छ।

नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्युराे सिआइबीले मंगलबार तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।

उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १४ जना पुगेको छ।

Ads

सम्बन्धित पोष्टहरू