Ads

ललिता निवास जग्गा प्रकरणकाे छानविनमा सरकारलाई पूर्ण समर्थन छ: नेपाल


काठमाडौं । एकीकृत समाजवादी पार्टी तथा पूर्वप्रधानमन्त्री अध्यक्ष माधवकुमार नेपालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा सरकारलाई पूर्ण समर्थन रहने बताएका छन् ।

मंगलबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको काम कारवाहीमा आफ्नो समर्थन रहेको बताएका हुन् ।

‘ललिता निवास जग्गामा मेरो नाम पनि जोडेर आएको छ । छानबिनगरी उचित न्याय हुनुपर्छ । तर म आत्तिएको छैन । नाम जोडियो भन्दैमा कोही आत्तिनु पर्दैन । न्यायसंगत ढंगले छानबिन हुन्छ भन्नेमा मलाई विश्वास छ’ उनले थपे ।

पूर्वप्रधानमन्त्रीहरू कृष्ण भट्टराई, शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाललगायत धेरै नेताले पटकपटक सरकारको नेतृत्व गरेको भन्दै सबैको नाम जोडिने कुरालाई गम्भीर रूपमा नलिएको उनले बताए।

देशैभरिका सरकारी जग्गाको अनियमितताबारे छानबिन गर्न उनले माग गरे। ‘नेपाल ट्रष्टदेखि सबै सरकारी जग्गाको छानबिन गर्नुपर्छ । त्यसो भयो भने आम मान्छे डराउँछन् । जसले गर्दा अनियमितता, अतिक्रमण रोकिन्छ। र भ्रष्टाचार पनि नियन्त्रण हुन्छ,’ उनले भने । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको अहिलेको सरकार नै पाँच वर्ष टिक्ने अध्यक्ष नेपालले दाबी गरे ।

Ads

सम्बन्धित पोष्टहरू