Ads

ओलीद्वारा प्रधानमन्त्री पत्नी सीताको निधनमा दुख व्यक्त


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको निधनमा दुख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले आज सामाजिक सञ्जाल मार्फत स्व. दाहालको निधनको खबरले आफू दुखी भएको बताएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’–ओलीले लेखेका छन् । दुई वर्षदेखि अचेत रहेकी दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू