Ads

मेयर साह विरुद्ध महानगर अगाडी इनफ इज इनफको विरोध प्रदर्शन


काठमाडौं । काठमाडौं महानगर प्रहरीले ठेलागाडा र साइकलमा व्यवसाय गर्दै हिँड्नेहरुलाई अभद्र व्यवहार गरेको विरोधमा आज प्रदर्शन गरिएको छ । महानगर प्रमुख बालेन्द्र साहको शैली प्रति प्रश्न गर्दै अभियन्ता र स्वतन्त्र युवाहरु बागदरबारस्थित महानगर कार्यालय बाहिर पुगेर ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै इनफ इज इनफले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले गरिबको चमेली गीत गाएका थिए । गरिबको नाममा गीत गाउने अनि गरिबलाई पनि व्यवसाय गर्द नदिने भन्दै अहिले बालेनको आलोचना भइरहेको छ ।

निर्वाचन अघि बालेनले गरिबहरुका लागि काठमाडौं बस्न योग्न बनाउने र सडकमा व्यापार गर्नहरुलाई व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर उनले यसबारे कुनै योजना नल्याइ गरि खानेहरुलाई रोकेको भन्दै प्रदर्शन भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू