Ads

माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । २८ र २९ गते बस्ने भनेको केन्द्रीय कमिटी बैठक सरकारले कोभिड फैलीएपछि स्वास्थ्य मापदण्ड लागु गरेको तर अहिलेसम्म उक्त मापदण्ड जारी रहेकाले बैठक स्थगित भएको स्थायी कमिटी गणेश साहले जानकारी दिए ।

बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको साहले बताए ।

यसअघि माघ २८ र २९ गते बैठक बसेर केन्द्रीय कमिटी, पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो कमिटीलाई पूर्णता दिने तयारी रहेको बताइएको थियो । साहले भने ‘अहिलेपनि पार्टीको आन्तरिक तयारी नपुगेकाले बैठक स्थगीत भएको हो । अध्यक्ष तयारीमा नै रहनु भएको भन्ने सुचना आएको छ ।

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारीको  व्यवस्था छ ।

पुस १८ गते आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्न सकेको छैन ।

महाधिवेशन सम्पन्न भएपछि १९ गते पुसमा बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो । पुस १९ गतेपछि २५ गते बैठक बोलाइएको थियो । उक्त बैठक माओवादी नेतृत्व देखि पार्टी कार्यलयमा कार्यरत कर्मचारी कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगीत भएको थियो । यस्तै पुस माघ ८ गते पनि बैठक बोलाएर स्थगित भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू