काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टि गरिएको छ ।
उनको राष्ट्रिय सम्मानका साथ बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
दिवंगत दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दागबत्ती दिएका थिए ।
सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो। उनको शवलाई नेपालको राष्ट्रिय झन्डा ओढाइएको थियो।
यसअघि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडाबाटै अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।
आज बिहान ८:३३ बजे थापालथीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्