Ads

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १९ पुग्यो


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले प्रहरीले केशव तुलाधरलाई पक्राउ गरेको हो ।

जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका तुलाधरलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । उनलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको कार्यालयका प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए ।

काठमाडौँको असन स्थायी ठेगाना भएका तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ । यसअघि नै जिल्ला अदालत काठमाडौँको आदेशमा बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायत प्रतिवादी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू