Ads

सञ्चारसचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश (आदेशसहित)


काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले थुनामा रहेका राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
सचिव राउतको तर्फबाट उषा कार्कीले गृह मन्त्रालय समेतलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।

ललिता निवास जग्गा प्रकरणमा २४ असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सचिव राउतलाई पक्राउ गरेपछि उनलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको थियो ।

हेर्नुहोस् आदेश :

Ads

सम्बन्धित पोष्टहरू