काठमाडौं\ २१० औं भानुजयन्ती विभिन्न कार्यक्रम गरि मनाईएको छ । यसै अवसरमा काठमाडौंमा प्रभातफेरी आयोजना गरिएको छ ।
प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीबाट सुरू भएको प्रभातफेरि दरबार हाइस्कुलसम्म पुगेर पुनः प्रतिष्ठानको परिसरमा आएको थियो ।
विद्यार्थीहरु भानुभक्तले लगाउने जस्तै पोशाक लगाएर प्रभातफेरीमा सहभागी भएका थिए । केही विद्यार्थीहरु भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायण कथाका पात्रहरुजस्तै बनेका थिए ।
कार्यक्रममा सहभागीहरुले भानुभक्तको शालिकमा माल्यार्पण गर्दै भानुभक्तका योगदानहरुको चर्चा गरेका छन् ।
तनहूँको चुँदीरम्घामा १८७१ साल असार २९ गते जन्मिएका भानुभक्तले १९१० सालमा ‘भानुभक्तीय रामायण’ महाकाव्य लेखेपछि उनको काव्यिक व्यक्तित्व थप सुपरिचित भएको थियो । उनले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ लगायतका महत्वपूर्ण कृतिहरू र अन्य फुटकर कविताहरू लेखेका छन् । भानुभक्तको निधन १९२५ असोज ६ गते तनहुँको सेतीघाटमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्