Ads

भद्रपुर उडेको बुद्ध एयरको जहाज १८ मिनेट उडेपछि काठमाडौंमै गरियो ल्याण्ड


काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान १७ मिनेटमा पुनः काठमाडौं फर्काइएको छ।

शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १ः५३ मा उडेको जहाज १५ माइल (२४ किलोमिटर) उडेपछि इन्डिकेशनमा समस्या देखिएको थियो ।

सोलगत्तै २ः१० बजे पुनः काठमाडौं फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनले भने, ‘इन्डिकेशनमा समस्या देखिएको भनिएको छ, के भएको हो सोबारे इन्जिनियरहरुले हेरीरहेका छन् ।’

सो जहाजमा रहेको यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको सिटौलाले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू