काठमाडौं –नेकपा एमालेले कोशी प्रदेशको सरकार असंवैधानिक ढंगले गठन गरिएकोले तत्काल भंग गर्न माग गरेको छ ।
एमालेले सचिवालय बैठकले सभामुखले दलीय आवद्धता त्यागिसकेको अवस्थमा एउटा साँसद जसरी सरकार बनाउने विषयमा मतदान गर्नु संविधान विरोधी काम भएको एमालेको ठम्याइ छ । पार्टी सचिवालय बैठकपछि प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जारी गरेको विज्ञप्तीमा सत्ता गठबन्धनको संविधान विरोधी पछिल्लो हर्कतको रुपमा कोशी प्रदेश सरकार गठनमा सभामुखको सहभागितालाई लिने एमालले जनाएको छ ।
एमालेले समसामयिक विषयमा विभिन्न ६ वटा प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्