काठमाडौं । असार सकिन लाग्दासमेत यस वर्ष उल्लेख्य रोपाइँ हुन सकेको छैन । असार २९ सम्म देशभर ५३ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गतवर्ष भन्दा १२ प्रतिशत कम रोपाइँ भएको जनाएको छ । गत वर्ष यही अवधिमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।
यो वर्ष मधेश प्रदेशमा २८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । त्यस्तै कोशी प्रदेशमा ५६ प्रतिशत, बागमतीमा ४५, गण्डकीमा ४७, लुम्बिनीमा ६४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
त्यस्तै कर्णालीमा ७० र सुदूरपश्चिममा ८५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा करिब १३ लाख हेक्टरमा धान रोपाइँ हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्