काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला सुन र हिरासहित पक्राउ परेकी छन् । प्रहरीले शनिबार दिउँसो ५५ वर्षीया अभया विश्वकर्मालाई पक्राउ गरेको हो ।
विमानस्थलमा चेकिङ गर्दा ७ सय ७० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामकोसी प्लस हिरा भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी थिइन्। उनले भन्सार छलेर झोलामा हालेर सुन र हिरा लैजान लागेकी थिइन् । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्