Ads

घरमै पार्किङ गरी राखिएको जेसिभी र ट्याक्टर आगजनीबाट जलेर नष्ट


रूपन्देही । रूपन्देहीको तिलोत्तमा ११ गाईघाटमा अज्ञात समुहबाट जेसिभी र ट्याक्टरमा आगजनी गरिएको छ । आइतबार राति अज्ञात समूहले गरेको आगजनीबाट जेसिभी र ट्याक्टर जलेर नष्ट भएका छन् ।

इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार स्थानीय गोविन्द अधिकारीको घरमा पार्किङ गरी राखिएको ना १ क ५०८७ नम्बरको जेसिभी र लु ३ क ३३७७ नम्बरको ट्याक्टरमा आगजनी भएको हो ।

राति सुतेपछि गरिएको उक्त आगजनीबारे घरका सदस्यहरूले भने सोमबार बिहान ४ बजे मात्रै जानकारी पाएका थिए । घरधनी अधिकारीले आगजनीबाट जेसिभीका शिशा र तारहरू जलेर पड्किन थालेपछि थाहा पाएको र त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको बताए ।

प्रहरीलाई खबर गरिएपछि तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाबाट गएका दमकलले बिहान ५ बजेतिर मात्रै आगो निभाएका थिए । ईलाका प्रहरी कार्यालय मंगलापुरले घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू