काठमाडाैँ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’सँगको खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।
रोहितले ६४ बलमा अर्धशतक बनाएका हुन्।
योसँगै नेपालले एक सय रन पूरा गरेको छ। श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्याे।
नेपालका कुशल भुर्तेल शून्य, आसिफ शेख सात, देव खनाल १५, भीम सार्की चार र कुशल मल्ल शून्य रन र सोमपाल कामी १४ रनमा आउट भए। अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुलसन झा छन्।
नेपालले १० ओभरमा ३७ रन बनाउँदा पाँच विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले पारी सम्हाले। रोहित र सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए।
प्रतिक्रिया दिनुहोस्