काठमाडौँ । चारदेशीय टी–ट्वान्टी अन्तर्गत ओमानले नेपाललाई १ सय ३६ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरात क्रिकेट स्टेडियममा जारी खेलमा ओमानले टस हारेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै ओमानले नेपाललाई १ सय ३५ रन दिएको हो ।
नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिएका हुन् भने कप्तान सन्दीप लामिछाने, आरिफ शेख र कमल ऐरीले एक–एक विकेट लिएका हुन् ।
बलियो टिम ओमानलाई पराजित गर्ने तयारीका साथ नेपाल मैदानमा उत्रिएको हो । २०१९ मा नेपाल ओमानसँग टी–ट्वान्टीमा ६ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्