Ads

बिदेसिएकालाई फर्काउँछौँ भन्नेहरूको कारण बिदेसिनेको संख्या झनै बढ्यो: महासचिव पाेखरेल


काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि विदेशीले नेपालीको संख्या झन् बढेको बताएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले विदेश जान रोक्छु भन्ने दल आएपछि झन् विदेश जानेको संख्या बढेको बताएका हुन्।

‘विदेशमा गएकाहरूलाई देश फर्काउँछौँ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर, उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै बिदेसिनेको संख्या झनै बढ्यो। के यसको जिम्मेवारी नेकपा (एमाले)ले नै लिनुपर्ने हो र ?’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।

पुराना पार्टीका कारण बिदेसिने बढे भनेर एमालेलाई समेत तथ्यहीन रूपमा जोड्ने प्रयास गरिएको भन्दै उनले देश बनाउन सक्ने पार्टी एमाले मात्रै रहेको दाबी गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेन्डाका आधारमा ठीक र बेठीक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ।’

Ads

सम्बन्धित पोष्टहरू