Ads

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, पहिलो पटक लाइभ गरियो (भिडिओ)


काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक नेपाली कांग्रेसले आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ गरिएको यो पहिलो पटक हो।

यसअघि सोमबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने प्रस्ताव गरेका थिए।

कांग्रेस केन्द्रीय समिति एक वर्षपछि बसेको हो। बैठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ।

Ads

सम्बन्धित पोष्टहरू