Ads

बुढीगण्डकी आयोजना शक्तिशाली प्राधिकरण बनाएर अघि बढाउनु पर्छ: डा. भट्टराई


काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी आयोजना शक्तिशाली प्राधिकरण बनाएर अघि बढाउनु पर्ने बताएका छन् ।

आज गोरखाको सिउरिनेटारमा फिल्ड कार्यालय स्थापना कार्यक्रममा बोल्दै भट्टराईलेबुढीगण्डकी आयोजना आयोजना विकास गर्न एउटा शक्तिशाली प्राधिकरण बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

डा. भट्टराईले यो आयोजनामा मुआब्जा सहजरुपमा वितरण भएपनि आयोजनाको निर्माण अघि बढ्न नसकेको बताए । उनले बुढीगण्डकी आयोजनाबाट देशले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।

यो आयोजना विकास गर्न एउटा शक्तिशाली प्राधिकरण बनाएर अघि बढ्नुपर्ने भट्टराईको भनाई छ । तर सरकारले यो कुरा बुझ्न नसकेको बताउँदै उनले आयोजना प्राधिकरण मातहत अघि बढाउन सकिने समेत बताए । हाल स्थापना भएको कम्पनीलाई प्राधिकरणको मातहतमा राख्न सकिने समेत उनले बताए ।

भट्टराईले बुढीगण्डकी विकास प्राधिकरणको अध्यक्षमा विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बनाउन समेत प्रस्ताव गरे ।

Ads

सम्बन्धित पोष्टहरू