Ads

काँग्रेस कार्यसम्पादन बैठक : आइतबार भातृ संगठनको विधान पारित हुँने


काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादनको बैठकमा भातृ संगठनको विधानका विषयमा छलफल भएको छ ।

शुक्रबारको बैठकमा काँग्रेसको संघीय संरचना अनुरुपको भातृ संगठनको विधान काँग्रेस नेता एनपी साउदले प्रस्तुत गर्नुभएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

‘संघीय संरचना अनुरुपको विधान प्रस्तुत भएको छ । भोलि शनिबार सबैले सो विधान पढ्नुहुनेछ र पर्सीको बैठकले विधान पारित गर्नेछ ।’, महतले भन्नुभयो । यससँगै बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा छलफल भएको छ ।

‘एमसीसीबारे पहिले जस्तै सहमति छ । यो प्रक्रिया अगाडि बढाउने कुरा हामीले नै अघि बढाएको हो । एमसीसीबारे अन्यौल राख्न नहुने दृष्टिकोण हो ।’, महत बताउनुहुन्छ ।

बैठक आइतबार दिउँसो २ बजे पुन: बस्ने  छ ।

Ads

सम्बन्धित पोष्टहरू