Ads

प्रेस चौतारीका अध्यक्ष बस्नेतले गृहमन्त्री श्रेष्ठसँग माफी मागे, साइबर ब्यूरोको उजुरी फिर्ता


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकटका पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालका अध्यक्ष्य गणेश बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माफी मागेका छन् । अध्यक्ष बस्नेतले आज गृहमन्त्री श्रेष्ठसँगको तस्बिरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आफूले माफी मागेपछि जारी द्वन्द र विवाद अन्त्य भएको जानकारी दिएका हुन् ।

बस्नेत लेख्छन् – ‘माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग आज छलफल भयो । उहाँले पुरानै मित्रवत शैलीमा गणेशजीले नै मेरोबारे यस्तो लेख्ने ? भनेर हास्नु भयो । मैले तपाईलाई नै किटान गरेर कहाँ लेखेको छु भने । छलफलबाट निचोड निकालियो–अहिलेसम्मको असहमतीको अन्त्य गर्ने । नेपाल प्रहरीको साइबर ब्यूरोमा सचिवालयबाट मेरोविरुद हालेको उजुरी फिर्ता भएको छ । धन्यवाद माननीय गृहमन्त्री नारायणकाजी कमरेड ।’

बस्नेतले गृहमन्त्री श्रेष्ठका बारेमा आफ्नो बुझाइ फर रहेको पनि स्वीकार गरेका छन् । बुझाइमा फरक परे पनि नियत गलत नभएको दाबी उनको छ । उनले अगाडि लेखेका छन् – ‘केही बुझाईमा फरक परेछ हामीबीच तर नियत गलत थिएन ।

विमानस्थलमा बरामद सुन प्रकरणमा मैले प्रश्न गरेको थिए, त्यो प्रश्नले मेरो नियतमाथि नै प्रश्न उठाउने काम भयो गणेशजी भन्नुभयो, मेरो समाचार स्रोत गलत परेछ त्यो कारणले तपाईको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु भने । उहाँले अंगालो हाल्नु भयो । समस्याको समाधान भयो । प्रेस चौतारी नेपालको आन्दोलनका सवै कार्यक्रम स्थिगत भएको छ । साथै आफू भ्रष्टाचारविरुद कुनै समझौता नगर्ने उहाँको अडानमा समर्थन गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा एक्यवद्दता जनाइयो ।’

बस्नेतको भनाइ जस्ताको त्यस्तै

Ads

सम्बन्धित पोष्टहरू