काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ५०० रुपैयाँ बढेसँगै चर्को मूल्यको कीर्तिमान बनाएको सुनको मूल्य शुक्रबार तोलामा ८०० रुपैयाँ घटेको थियो भने कारोबार साताको पहिलो दिन आज आइतबार पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर १ लाख १२ जार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४६५ रुपैयाँ तोकिएको हो ।
प्रतिक्रिया दिनुहोस्