काठमाडौं । २७ औ जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ। मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।
यस अवसरमा मधेश भवन परिसरमा जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रम समेत आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । यश अवसरमा मधेश सरकारले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायतका वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
आइतबार दिउँसो १ बजे देखि ५ बजेसम्म हुने औपचारिक कार्यक्रमको नेपाल टेलिभिजन र रेडियो नेपालबाट समेत प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको बेला भिडभाड नहोस् भन्दै यसलाई मध्यनजर गरि टिभी र रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको मन्त्री साहले बताए ।
प्रतिक्रिया दिनुहोस्