Ads

सेयर बजारमा मौद्रिक नीतिको प्रभाव,६३ अंकले बढ्यो नेप्से


काठाडौं । मौद्रिक नीतिको प्रभाव आइतबारको सेयर बजारमा परेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार  नेप्से ६३.२४ अंकले बढेर २२२७.१६ को बिन्दुमा पुगेको छ ।

आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरवलोकन गर्ने जनाएको थियो ।

आज कारोबार रकम पनि बढेको छ । आज २६६ धितोपत्रको एक करोड २० लाख दुई हजार ३०८ कित्ता सेयर चार अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन (बिहीबार) तीन अर्ब पाँच करोड २४ लाख १० हजार ६५९ रुपैयाँमा किनबेच भएको थियो । आज १३ वटै उपसमूहको समूहगत सूचकमा हरियाली दिएको छ । आज सबैभन्दा धेरै बैंकिङ उपसमूहको समूहगत सूचक ४.९८ प्रतिशतले बढेको छ ।

आज किसान लघुवित्त वित्तीय सस्था र चन्द्रागिरि हिल्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू