Ads

पार्टीमा टेक्ने, बस्ने ठाउँ नदिनेहरु कसम तोड्यो भन्दैछन्ः कमल थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी बनाउने अभियान थालेका कमल थापाले गिता छोएर खाएको कसम तोड्यो भन्दै केही मान्छेहरुले कोलाहल मच्चाएको बताएका छन्।

मंसिरमा भएको राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग थापा पराजित भएका थिए । महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले केही दिनअघि नयाँ पार्टी निर्माण गर्ने भन्दै राप्रपा छाडेका थिए।

२०७६ फागुन २८ मा तीन राजावादी संगठनबीच एकता घोषणा सभाका क्रममा आफूले गीता छोएर खाएको कसम सम्झिँदै उनले पार्टीमा टेक्ने ठाउँ नदिएपछि बाध्य भएर यो कदम चालेको सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले राप्रपाबाट औपचारिक रुपमा अलग भइसक्दा पनि आफूमाथि पार्टी फुटायो भन्ने आरोप लगाइएको बताएका छन् ।

उनले भनेका छन्, ‘हासोँ उठछ, म राप्रपाबाट औपचारिकरूपमा अलग भइसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम१ तोड्यो भनेर कोलाहल मच्चाउँदैछन्ु, उनले भनेका छन्, ुयो देख्दा उदेक लाग्छ। पार्टीभित्र बस्ने, टेक्ने ठाउँ नदिने। बाहिर निस्कँदा पनि सुख नपाउने ।’

उनले राप्रपाबाट बाहिरिइसकेपछि आफू चुप लागेर बस्न नमिल्ने बताएका छन्। उनले भनेका छन्, ‘राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन, उनले भनेका छन्, नयाँ सिर्जना बाध्यता हो ।’

Ads

सम्बन्धित पोष्टहरू