काठमाडौं । करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा प्रकरणमा थप ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु रहेका छन् ।
पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठ कर्मचारी हुन् भने भन्सार एजेन्टहरु रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुली पक्राउ परेका स्रोतले जानकारी दियो ।
राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार उनीहरुलाई सो प्रकरणमा संलग्नता देखिएको आधारमा नियन्त्रणमा लिइएको हो ।
असार ३० गते ‘रेडी ट्रेड्स’ले हङकङबाट ल्याएको सुन साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयबाट भन्सार जाँचपास भएको थियो ।
लगत्तै, राजश्व अनुसन्धान विभागले सिनामंगलबाट ट्याक्सी चालकसहित सुनसहितको ‘ब्रेक प्याड’ बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्