बिर्तामोड। झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले ७०० क्युफिट साखु काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलीले सो काठ बरामद गरेको हो ।
बरामद काठ हाल डिभिजन वन कार्यालय झापामा राखिएको र आवश्यक अध्ययन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर –१ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो काठ बरामद गरेको प्रहरीले जनाएको छ ।
कृष्णथुम्की नजिकैबाट उक्त साखु जातको काठ चोरी तस्करी हुनेगरेको सूचना आएसँगै प्रहरीले त्यहाँ पुगी उक्त परिमाणको काठ बरामद गरेको प्रहरीले जनाएको छ । काठ डिभिजन वन कार्यालय झापाको घाटगद्दीमा राखेर नापजाँच र थप मुचुल्का सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्