काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन प्रकरणको अनुसन्धानलाई सुक्ष्म ढंगले अगाडि बढाउने बताएको छ । विभागले यो प्रकरणको जरोसम्म पुगी यसमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउने जनाएको छ । राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले सुन प्रकरणमा पक्राउ परेको र उनीहरुकै बयानका आधारमा अनुसन्धान प्रक्रिया अघि बढिरहेको जानकारी दिएका हुन् ।
विभागले सुन प्रकरणमा अन्तर निकायसँग समन्वय जारी रहेको भन्दै अनुसन्धानका क्रममा अन्य संयन्त्रको सहयोग लिइने बताउनुभयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको १ सय किलो सुन राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिई अनुसन्धान गरि रहेको छ ।
पक्राउ पर्ने क्रम जारी
सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका परेका छन् । करिब एक सय किलो सुन प्रकरणमा थप ६ जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र तीन जना भन्सार एजेन्ट रहेका राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकीकुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन् । यस्तै, भन्सार एजेन्टमा सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका हुन् । उनीहरूसँगै अहिलेसम्म उक्त एक सय किलो सुन तस्करी १६ जना पक्राउ परेका छन् । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त सुन हङकङबाट ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्