Ads

खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता


बाजुरा । बाजुरामा अनाया खोलाले बगाउँदा ट्याक्टर चालक बेपत्ता भएका छन् ।  मार्तडी–कोल्टी सडकअन्तर्गत बडिमालिका नगरपालिका–९ स्थित अनाया खोलाले ट्याक्टर बगाएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का डुबनारायण चौधरी बेपत्ता भएका छन् ।

आइतबार राति कोल्टी जाने क्रममा अनाया खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाएको थियो। ट्याक्टर २० मिटर तल ढुंगामा अड्किएको अवस्थामाभेटे पनि चालक भने बेपत्ता छन् । चालकको खोजीका लागि टोली परिचालन गरिएकोजिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कवीन्द्रसिंह बोहराले जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू