Ads

दोषीलाई छाड्दैनौं, कुन पार्टी भन्ने मतलब छैन: गृहमन्त्री श्रेष्ठ


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्ट्राचार तथा अनियमितताका घटनामा तथ्य प्रमाणले भेटेका जो सुकैलाई नछाड्ने बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अनुसन्धानबाट प्राप्त तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारवाही गर्ने भन्दै उनले दोषीलाई छोड्ने काममा सरकार नलाग्ने स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेताहरू दोषी देखिएपछि नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताहरूले विरोध गर्ने, व्यवसायी, कर्मचारीहरूले पनि आफूलाई कारवाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्पराको विकास हुँदै गएको बताए ।

सरकार कुनै पनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको भन्दै उनले प्रमाणका आधारमा सबै दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए । मन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्को कानूनी कारवाही हुने कुरा सरकारलाई सह्य नरहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू