Ads

चितवनमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते


चितवन । नारायणघाट मुग्लिन सडक खण्डमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते भएका छन् । मङ्गलबार बिहान साढे सात बजे  भरतपुर महानगरपालिका २९ चौधकिलो पुलमा दुर्घटना भएको हो ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा १८ ख २२३६ नं.को बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४९४२ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा बसमा चढेका ११ जना  घाइते भएका हुन् ।

भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचाररत उनीहरुको अवस्था सामान्य रहेको चितवन प्रहरी प्रवक्ता डिएसपी  बिजय पण्डितले बताए । दुर्घटनाका कारण  बाटो पूर्णरुपमा अवरुद्ध भएको डिएसपी पण्डितले बताए ।

Ads

सम्बन्धित पोष्टहरू