चितवन । चितवनको कालिखोलामा पहिरो खस्दा अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सञ्चालन भएको छ । काली खोलामा खसेको पहिरो पन्छ्याएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार अहिले दुईतर्फी यातायात सञ्चालन भइरहेका छन् । आज बिहान इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा पहिरो खसेपछि यातायात दुईतर्फी अवरुद्ध बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्