Ads

कमल थापाको पार्टीको नाम राप्रपा नेपाल, ७ फागुनमा घोषणा गर्ने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका कमल थापाको पार्टीको नाम राप्रपा नेपाल भएको छ । राप्रपा नेपाल निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको छ । उक्त राप्रपा नेपालको उनी नयाँ अध्यक्ष बनेका छन्।

राप्रपा नेपाल विगतमा थापाले नै स्थापना गरेको पार्टी हो । २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । त्यसपश्चात राप्रपा नेपाल निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टीका अध्यक्ष लाक्पा शेर्पा थिए ।

शेर्पाले पार्टीको नेतृत्व त्याग्दै कमल थापालाई अध्यक्षमा चयन गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू