Ads

सुन प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै रास्वपाद्वारा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता


काठमाडाैँ । एक क्विन्टल सुन प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाटै एक क्विन्टल सुन जाँच पास कसरी भयो भन्नेबारे निष्पक्ष छानबिनको माग गर्दै रास्वपाले प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको हो ।

रास्वपाका सांसद मनिष झाले सुन तस्करीको निष्पक्ष छानबिनका लागि माग गर्दै सार्वजनिक महत्त्वको प्रस्ताव सभामुख देवराज घिमिरेलाई बुझाएको बताए ।

सार्वजनिक महत्त्वको प्रस्तावमा रास्वपाका सभापति रवि लामिछानेसहित २० सांसदको हस्ताक्षर छ । रास्वपाले सुन तस्करीका विषयमा संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गर्ने पनि बताएको छ ।

Ads

सम्बन्धित पोष्टहरू