Ads

सरकारले देश लुट्न खोज्दैछ,अब चुप बस्न हुँदैन: ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश लुट्न खोजिरहेको आरोप लगाएका छन्।

संसदीय दलको बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन्।

ओली बैठकमा भने, ‘सरकारका मन्त्रीहरूको संलग्नताबिना यत्रो सुन ल्याउन सम्भव छैन। सरकारले देश लुटिरहेको छ। अब हामी चुप लागेर बस्नु हुँदैन।’

सरकारका मन्त्रीहरूको संरक्षणमा लामो समयदेखि सुन तस्करी भएको भन्दै एमालेले सदनमा जवाफ माग्ने निर्णय पनि बैठकले गरेको छ।

नाम नचलेको र भर्खर स्थापना भएको रेडी ट्रेड दर्ता भएको ४ महिनाभित्र ३३ पटक ब्रेक शु र सेभिङ मेसिनजस्ता सामान शंकास्पद रूपमा भित्रिनुमा सरकारको संलग्नता रहेको आरोप एमालेको छ ।

Ads

सम्बन्धित पोष्टहरू