Ads

सुन काण्डकाे जरोमा नपुग्ने हो भने सरकारको दिनगन्ती सुरु हुन्छ : रवि लामिछाने


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिुभा सदस्य रवि लामिछानेले सरकारले भ्रष्टाचार काण्डको जरोमा पुग्ने गरी छानबिन नगरेको बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डबारे सरकारले फाइल खोले पनि जरोसम्म नपुगेको बताए।

उनले भने, ‘हरेक विषय सरकारले सुरू गर्छ, अलि जरोसम्म पुग्छ कि भन्यो अड्किन्छ, गिजोलिन्छ। भुटानी शरणार्थी प्रकरणमा जरो कहाँ सारा जनतालाई थाहा छ, सुरूवात गर्‍यो सरकार अड्कियो।’

उनले ललिता निवास काण्डको जरो कहाँ छ खोज्न पनि आग्रह गरेका छन्। यो प्रकरणमा पनि सरकार जरोसम्म नपुगेको उनले बताए।

‘सुन काण्डको जरो कहाँ छ। आरोपितको नाम आइरहेको छ नि! सरकार जरोमा जाँदैन,’ उनले भने।

भ्रष्टाचारविरोधी सरकारको कदमलाई आफूहरूले सहयोग गरे पनि फाइदाका रूपमा नलिन उनले आग्रह गरेका छन्।

‘कुनै विषय गिजोल्ने मात्र होइन जरोमा पुर्‍याउने सहास लिएको हो भने ठिक छ,’ उनले भने, ‘केही कर्मचारी थुनेर, सरूवा गरेर फाइल खोलेझैं गर्ने हो भने सरकारको दिन गन्न सुरू भयो।’

Ads

सम्बन्धित पोष्टहरू