Ads

एमालेको अवरोधले संसद बैठक स्थगित


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामाकाे अडानबाट पछाडि नहटेपछि सभामुख देवराज घिमिरेले बुधबारको कार्यसूचीमा रहेको सबै कार्यक्रम हटाई बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक साउन १५ गते सोमबारलाई बोलाइएको छ ।

एमाले, राप्रपा, रास्वपालगायत प्रतिपक्षी दलले सुन प्रकरणमा विशेष आयोग बनाएर छानबिन गर्नुपर्ने माग राखेका छन् ।

आज दिउँसो बसेको एमालेको संसदीय दलको बैठकले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू