काठमाडौं । पोखरामा क्यानोनिङ गर्ने क्रममा लडेकी युवतीको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका–९ स्थित घलेलमा रहेको पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा(२६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बुधवार दिउसो क्यानोनिङ गर्ने क्रममा घाइते भण्डारीको उपचारका लागि पोखराको मणिपाल अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्