Ads

हवाई दुर्घटनाबारे अध्ययन गर्न वायुसेवा सञ्चालक संघले बनायाे ट्रान्सफोर्स समिति


काठमाडौं । हवाई दुर्घटनाबारे अध्ययन गर्न वायुसेवा सञ्चालक संघले ट्रान्सफोर्स समिति गठन गरेको छ ।

पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा समितिको नाम ‘हवाई सुरक्षा अभिवृद्धि अध्ययन समिति’ राखिएको छ ।

समितिको सदस्यमा सिनियर क्याप्टेन हिराबाबु दाहाल, रवि कंसाकार र एभियसन विज्ञ नारायणबहादुर मानसिंह डंगोल रहेका छन् ।

दुर्घटना बढेपछि संघले अध्ययन समिति गठन गरेको हो । समितिले व्यावसायिक र प्राविधिक विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पार्ने छ ।

प्रतिवेदन एक महिनाभित्र संघलाई सुझावसहित बुझाउने संघका महासचिव मनोज कार्कीले बताए ।

Ads

सम्बन्धित पोष्टहरू