Ads

संवैधानिक परिषद्को बैठक मंगलबारका लागि बोलाइयो


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक आह्वान  गरेका छन्।

संवैधानिक परिषद्को बैठक मंगलबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो ।

संवैधानिक परिषद् बैठक बोलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग आइतबार बिहान छलफल गरेका थिए।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। त्यसको एक महिनाअगाडि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रमुख प्रतिपक्षी दलले प्रधानन्यायाधीश सिफारिसमा ढिलाइ भएको बताउँदै आइरहेको छ। विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशको रोलक्रममा अगाडि छन्।

Ads

सम्बन्धित पोष्टहरू