Ads

कोसीमा वामपन्थी सरकारको प्रयास, बर्षमान पुन र हिक्मतबीच छलफल


काठमाडाैँ । कोसी प्रदेशमा वामपन्थी सरकार गठनको प्रयास भएको छ।

आइतबार कोसी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनसँग छलफल गरेका छन्।

कोसी प्रदेशमा वामपन्थी सरकार गठनको प्रारम्भिक प्रयास भएको एमालेका एक नेताले बताए। छलफलको क्रममा कार्कीले आफ्नो नेतृत्वको सरकार बनाउन नेता पुनलाई भेटेर माओवादीको समर्थन खोजेका थिए। जवाफमा पुनले वामपन्थीको सरकार बनाउनु सकारात्मक भएको र सोबारे आफूले पार्टीमा छलफल गर्ने बताएका थिए।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा समेत एमाले अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशको सरकार गठनको विषयमा चासो राखेको स्रोतले बताएको छ।

एमाले संसदीय दलका नेता कार्कीले पनि सर्वदलीय सरकारको कुरा उठाउँदै आएका छन् । उनले असार १४ गतेको कोशी प्रदेशसभाको बैठकमा सर्वदलीय सरकारका लागि आह्वान गरेका थिए । उनले भनेका थिए, ‘म सर्वदलीय सरकारको पक्षमा छु । प्रदेशको स्थायित्वका लागि सर्वदलीय सरकार पहिलो विकल्प हो ।’

कोशी प्रदेशसभामा वर्षमान गुटका सदस्यहरूको बहुमत थियो । उनी निकटका राजेन्द्र कार्कीले मन्त्री बन्न गुट परिवर्तन गरेपछि माओवादीका दुई गुट बराबरीको अवस्थामा पुगेका छन् । प्रदेशसभाका सभामुखसमेत पुन निकट मानिन्छन् ।

वर्षमानसँग निकट स्रोतले भन्यो, ‘सभामुखले राजीनामा दिएर सरकार गठन त हुन्छ । तर, एक महिनापछि पुनः ढल्छ । त्यसैले सर्वदलीय सरकार नै अहिलेको आवश्यकता हो ।’

उनले सभामुखलाई राजीनामा गराएर सरकार बनाउँदैमा समस्याको निकास ननिस्कने बताउँदै आएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू