काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको चाहना अनुसार नै महाभियोग दर्ता भएको बताएका छन् ।
सोमबार काठमाडौंमा भएका तनहुँको भानु साहित्यिक उद्यान समितिको कार्यक्रममा उनले राणाले चाहेअनुसार नै संसदमा महाभियोग दर्ता भएको दाबी गरेका हुन्।
आफूले भेट्दा छिटो निकास दिने बताएपनि प्रधानन्यायाधीशले निकास नदिएपछि महाभियोग लगाउनु परेको बताएका छन् । उनले भने, ‘प्रधानन्यायाधीश आफैँले उपयुक्त निकास दिन्छु भन्नुभएको थियो। मैले उहाँलाई त्यो बेला नै छिटो निकास दिँदा राम्रो हुन्छ भनेको थिएँ । तर, उहाँले निकास दिन चाहनुभएन। त्यो भनेको मलाई महाभियोग लगाऊ भन्नु हो। यसकारण उहाँको चाहनाअनुसार नै महाभियोग दर्ता भएको हो।’
२०५२ मा विघटित प्रतिनिधि सभा पुनःस्थापना गरेको सर्वोच्चको फैसलाविरुद्ध तत्कालीन समयमा एमालेले प्रधानन्यायाधीशविरुद्ध ल्याएको महाभियोगको प्रस्ताव संसदले अस्वीकार गरेको पौडेले बताए ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस हुने जानकारी दिँदै त्यसबारेको छिनोफानो संसदले गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्