Ads

कांग्रेसका मोहमद समिम र जनमतका चन्दन सिंह मन्त्री नियुक्त


काठमाडाैँ। मधेश प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले आज दुई मन्त्री नियुक्त गरेका हुन् । योसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको छ ।

सोमबार कांग्रेसका मोहमद समिम गृह, सञ्चार तथा कानुन मन्त्री र जनमत पार्टीका चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । मधेशमा पाचौंपटक मन्त्रिपरिषद विस्तार भएको हो । यद्यपि, सबै मन्त्रीले जिम्मेवारी भने पासकेका छैनन् ।

यसअघि जसपाबाट विना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेकी सुरिताकुमारी साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू