Ads

गर्भवती महिलाको हेलिकोप्टरमार्फत् उद्धार


सिमकोट – सर्केगार्ड गाउँपालिकाकी एक जना सुत्केरी व्यथा लागेकी गभृवती महिलाको हेलिकोप्टरबाट उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमले हेलिकोप्टरबाट पहिलो पटक जिल्ला भित्र पनि हेलिकोप्टरबाट ती गर्भवती महिलाको उद्धार गरेको हो।

सर्केगार्ड गाउँपालिका- ३ को उपपानी गाउँकी स्थायी बासिन्दा र हाल वडा नम्बर ४ को दुल्लीमा बस्दै आएकी २७ वर्षकी विपना फडेराको हेलिकोप्टरमा जिल्ला अस्पतालमा उद्धार गरिएको स्थानीय जनक फडेराले बताए।

सर्केगार्ड स्वास्थ्य चौकीले रिफर गरेपछि बुढालाई गाउँपालिकाले हेलिकोप्टरबाट जिल्ला अस्पतालमा उद्धार गरेको हो। उनलाई साउन १५ गतेबाट व्यथा लागेको थियो । हाल जिल्ला अस्पतालको प्रसुती गृहमा उपचारमा रहेकी बुढाको जिल्लामा उपचार भक्ष रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू