Ads

“सभामुखको राजीनामा उचित निकास होइन, परिवेशले त्यहाँ पुर्‍यायाे: सभामुख


विराटनगर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् ।

उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् ।
गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् । उनले विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै  गाैतमले भने: “मैले राजीनामा नदिने अडान राखेको थिएँ, सबै राजनीतिलाई याद गर्दा र सिंगो गठबन्धनको आग्रह र अनुरोधपछि स्वीकार गरेको हुँ,”

उनले भने, “सभामुखको राजीनामा उचित निकास होइन, परिवेशले पुर्‍याएको हो ।”

Ads

सम्बन्धित पोष्टहरू