Ads

एमाले सचिवमा महेश बस्नेत उम्मेदवारी दिने


काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

आज भक्तपुरको मध्यपुरथिमिमा आफू महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टीमा युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओलीको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।

एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि सचिवमा उम्मेदवारी घोषणा गरेको बस्नेतको दाबी छ ।

सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत सार्वजनिक गरेका छन् । आधारपत्रमा उनले आफू मन्त्री हुँदा गरेका कामकाको फेरहस्ति प्रस्तुत गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू