Ads

रूपन्देहीका दुई पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित एमालेमा


रुपन्देही । रूपन्देहीका ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादव एमालेमा प्रवेश गरेका छन् ।

तराईको राजनीतिमा प्रभावशाली नेता कार्यकर्तासहित उहाँहरूलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गर्नुभयो ।

हिरा केवट र हरिजन माओवादी केन्द्र निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । त्यस्तै यादव तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन् ।

सनोज रूपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित कांग्रेस प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवका सहोदर भाइ हुन् ।

सनोजको स्थानीय क्षेत्रमा राम्रो प्रभाव छ । एमाले रुपन्देहीले धकधईमा विशाल कार्यक्रम गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको छ ।

अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गराउँदै उपाध्यक्ष पौडेलले २०७४ सालमा जस्तै एमालेको देशव्यापी जनलहर बढेको बताउनु भयो ।

गत बिहीवार सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्ला बब्लु माओवादी केन्द्रमा प्रवेश गरेका थिए

Ads

सम्बन्धित पोष्टहरू