Ads

समयअनुसार अब इलोक्ट्रोनिक भेकलमा जानुपर्छ : मन्त्री ज्वाला


काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयअनुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीभन्दा इलोक्ट्रोनिक ट्क्याक्सीतर्फको यात्रा थाल्न व्यवसायी र चालकहरूलाई आग्रह गरेका छन्।

मन्त्री ज्वालालाई भेट्न बिहीबार सिंहदरबार पुगेका ट्याक्सी व्यवसायीलाई इलोक्ट्रोनिक भेकल (इभी)मा जाने गरी कानून निर्माणको तयारी भइरहेकाले समयानुसार चल्न तयारी गर्न आग्रह गरे। उनले ट्याक्सी व्यवसायीको पहिचान खुल्ने गरी पोसाकको व्यवस्था गर्न र अनलाइन सेवामा पनि जान आग्रह गरे ।

ट्याक्सी व्यवसायीले इम्बोस्ड नम्बर देवनागरीमा हुनुपर्नेमा जोड दिँदै मन्त्री ज्वालाले भने, “विद्युतीय सवारी साधनतिर जाने गरी कानून निर्माणको तयारीमा छौँ, तपाईंहरूलाई पनि त्यही प्रकारको यात्रा थाल्न म आग्रह गर्दछु।”

व्यवसायीले एसइई सकेका सबै विद्यार्थीलाई लाइसेन्स दिने गरी तालिमको व्यवस्था गर्नुपर्ने, लामो दूरीमा बिरामी लिँदा अस्थायी रोड परमिट दिनुपर्नेजस्ता माग राखेका थिए । काठमाडौँ उपत्यकामा मात्र १२ हजार तीन सय ट्याक्सी सञ्चालनमा छन् ।

Ads

सम्बन्धित पोष्टहरू