Ads

फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरियो जर्मनी


एजेन्सी । उपाधि दाबेदार जर्मनी फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार भएको समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग एक(एक गोलको बराबरीमा रोकिएपछि दुई पटकको विजेता जर्मनी नक आउट पुग्न असफल भयो ।

विश्वकपको इतिहासमा जर्मनी समूह चरणबाट बाहिरिएको यो पहिलो पटक हो । ब्रिसबेनमा दक्षिण कोरियाविरुद्ध मैदान उत्रनुअघि जर्मनी सहज स्थितिमा थियो । छैटौं मिनेटमानै चो सो ह्युनले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाइन् । विश्वकपमा कोरियाले सुरुवाती गोल गरेको यो पहिलो पटक हो ।

४२ औं मिनेटमा जर्मन कप्तान अलेक्जान्द्र पपले गोल गर्दै खेल एक/ एक गोलको बराबरीमा पुर्याएकी थिइन् ।  तर, अर्को खेलमा मोरक्कोले कोलम्बोलाई पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि जर्मनी जित्नै पर्ने दबाबमा पुग्यो । दोस्रो हाफमा गोलको प्रयास गरे पनि सफल हुन नसक्दा सन २००३ र २००५ को च्याम्पियन जर्मनीले समूह चरण पार गर्न सकेन ।

जारी विश्वकपको नक आउट पुग्न नसक्ने जर्मनी अर्को हाई प्रोफाइल टिम हो। समूह एचमा जर्मनी तीन खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा रह्यो । पुछारमा रहेको कोरियाले एक अंक हात पार्यो । सन् २०१८ को रुस विश्वकपमा जर्मनीको पुरुष टिम पनि दक्षिण कोरियासँग नै स्तब्ध हुँदै समूह चरणबाट बाहिरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू